७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

Radio Khabar Palika

धनकुटाको लेगुवा राम बजारमा अनुगमन , अखाद्य बस्तु नष्ट



१० माघ ,धनकुटा ।धनकुटाको महालक्ष्मी नगरपालिका लेगुवा राम बजारको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाका कार्यलय प्रमुख आनन्द डंगोलको नेतृत्वमा खटिएको टोलिले बिहिबार त्यहाँका किराना पसल,होटल तथा रेष्टुरेण्टहरुको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा ९ हजार ९ सय, ६४ रुपयाँ बराबरको म्याद नाघेका पेय पदार्थ तथा चाउचाउ जफत गरि नष्ट गरिएको छ ।
सोही क्रममा होटल तथा किराना पसल व्यवसायिहरुलाई खाद्य तथा पेय पदार्थको लेवल हेरेर खरिद विक्री गर्न,भान्सा कोठा सफा राख्न,व्यक्तिगत सरसफाइमा ध्यान दिन,खाद्य सामाग्री र अखाद्य सामाग्री छुट्टा छुट्टै ठाउँमा राख्न निर्देशन दिईएको अनुगमन टोलिले जनाएको छ ।
टोलिमा खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यलय सहित जिल्ला प्रशासन कार्यलय,घरेलु तथा साना उद्योग कार्यलय,लेगुवा प्रहरी चौकी,राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाका प्रमुख एवम् प्रतिनीधिहरुको सहभागिता थियो । टोलिले त्यहाँका ३ किराना पसल र १३ वटा होटल तथा रेष्टुरेण्टको अनुगमन गरेको थियो ।