७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

Radio Khabar Palika

ऐतिहासिक एकीकरण मार्गमा पदयात्रा( फोटो फिचर सहित)



२७ पुस,धनकुटा ।पृथ्वीनारायण शाहको पालामा एकीकरण गर्दाको समयमा प्रयोग गरिएको मार्ग सुनसरीको धरानस्थित फुस्रेदेखि धनकुटाको सागुरीगढीसम्म सनिवार एकै दिन दुई सय बढिले पदयात्रा गरेका छन् ।
३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाको भीमदल गणको आयोजनामा पदयात्रा आयोजना गरिएको थियो । यसक्रममा फुस्रेदेखि ऐतिहासिक सागुरीगढीसम्मको करिब ७ किलोमीटर पदयात्रा गरिएको छ ।

चार दशक पहिले कोशी राजमार्गको धरान धनकुटा सडक खण्ड बन्नु पुर्व पैदल हिड्ने मार्गमा पछिल्लो समय मानिस हिडडुल गर्न छोडेका थिए । सोहि स्थानलाई एकिकरण मार्गको नामाकरण गरेर पा“च वर्ष पहिलेदेखि पैदल यात्रा थालिएको हो । पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्दा उक्त मार्ग भएर पुर्वी पहाडमा प्रवेश गरेको कारण एकिकरण मार्ग नामाकरण गरिएको जनाइएको छ ।


पैदल यात्रा गर्ने गन्तव्यको रुपमा विकास गर्न तथा ऐतिहासिक स्थलको प्रचारका लागि यात्रा फलदायी भएको भीमदल गणका गणपति गणेश थापाले बताए । पदयात्रामा जनप्रतिनिधि, प्रशासक, पत्रकार, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी, शिक्ष्ँक, विद्यार्थी, होटल तथा पर्यटन व्यवशायी, शिक्षक, विद्यार्थी लगायत सर्वसाधारणको उल्लेख्य सहभागीता थियो । ७० वर्षीय प्राडा गोपालबहादुर भट्टराईदेखि २ नं वाहिनीपति सहायक रथी दिलविक्रम सुब्बा, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, इतिहासविद् ठाकुर बरालले पदयात्राको अगुवाई गरेका थिए ।


सेनाले पदमार्गको एकिकरण मार्गको सरसफाइ र मर्मत गरेको थियो । उक्त पदयात्राको लागि धनकुटा नगरपालिका, पाख्रिबास नगरपालिका र सागुरीगढी गाउपालिका, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ भेडेटार लगायतले प्रायोजन गरेको जनाईएको छ ।