१६ पुस, धनकुटा । कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा आजबाट फुड फेस्टिवल’ सुरु भएको छ। होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा पुस १६ देखि १८ गतेसम्म ‘१२ औँ फुडफेस्टिवल आज १० बजे कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्धघाटन गर्दैछन । अंग्रेजी नयाँ वर्षको अवसर पारेर तीन दिनसम्म सञ्चालन हुने फेस्टिवल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बु जानकारी दिए ।
Advertising
धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा फेस्टिवल आयोजना गरिएको होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ। पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुने गरेको र नयाँ बर्षमा भारतीयहरुको बिदा हुने भएकाले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न फेस्टिवलको आयोजना आयोजकले जनाएको छ । फेष्टिबलले ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सास्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुने आयेजकको भनाई छ । फेस्टिवलमा करिब २ करोड बरावरको आर्थिक कारोवार हुने आयोजकले दावि गरेको छ। फेस्टिबलमा ४० देखी ५० हजार पर्यटक भित्राउने लक्ष्य रहेको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए। तीन दिनसम्म हुने फेस्टिवलमा विभिन्न जातिका जातिय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन लगायत २५ वटा स्टलहरु राखिने आयोजकले जनाएको छ।