१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

नेविसंघको पाख्रिवासमा स्वागत विदाई र सम्मान कार्यक्रम सम्पन्न



१५ पौष, धनकुटा । धनकुटाको पाख्रिवासमा नेपाल विद्यार्थी संघ प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस समिति पाख्रिवासले स्वागत, विदाई,सम्मान र वृहत सास्कृति कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल विद्यार्थी संघ प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस समिति पाख्रिवासको आयोजनामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले नेपाल विद्यार्थी संघले अहिले मुलुकभर विद्यार्थी हक हित र अधिकारको पक्षमा सशक्त रुपमा काम गर्दै आएको बताए ।उनले राष्ट्रको हितमा काम गर्ने एउटा शक्ति नेपाल विद्यार्थी संघ नै भएको हुदा यसको विधान अनुसार काम गर्न सबैले आग्रह गरे ।

                            Advertising


नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले नेपाल विद्यार्थी संघ नेपाली विद्यार्थीहरुको विश्वास र भरोका केन्द्र बन्दै देशकै सवैभन्दा ठूलो र शक्तिशाली विद्यार्थी संगठनको रुपमा स्थापित भएको बताए । पाख्रिवास नगरपालिकका प्रमुख ज्ञान वहादुर गुरुङले विद्यार्थीहरु राष्ट्र निर्माणको ठूलो शक्ति भएको बताए । कार्यक्रममा नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति प्रेम भण्डारी,नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरु विर्मशमान अमात्य,पृयंका चौधरी,क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु रिता कुमारी गुरुङ,सूर्य किरण डागी,नेपाल विद्यार्थी संघ धनकुटा जिल्लाका अध्यक्ष कान्तिराज पौडेल, लगायतका नेताहरुले विद्यार्थीहरु सिर्जना र निर्माणका प्रतिक भएको बताएका छन । उक्त क्याम्पसमा अध्ययन पुरा गरेर जाने विद्यार्थीहरुलाई सम्मान र बिधाई गरिएको थियो भने अध्ययन गर्न आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।