६ असार २०८३, शनिबार | Sun Jun 21 2026

Radio Khabar Palika

उत्तरार्ध नहुँदै अस्ताएका न्यायिक इतिहासका अन्वेषक



१३ पुस, काठमाडौं । शनिवारको बिहान अघिल्ला केही दिनभन्दा भिन्न थियो । चिसो ह्वात्तै बढेको थियो, आकाश चारैतिरबाट बादलले ढाकिए झैं धुम्म थियो । घाम कतै हराए जस्तो थियो ।

त्यसको केही घण्टाअघि नै न्यायिक क्षेत्रले घाम जस्तै तेजिला एक अन्वेषक गुमाइसकेको थियो। उनी थिए, पूर्वन्यायाधीश प्रकाश वस्ती ।

चुपचाप आफ्नो घरमा बसेर दस्तावेज अध्ययन र लेखन गरिरहेका पूर्वन्यायाधीश वस्तीबारे शनिवार एकाबिहानै एकाएक नराम्रो खबर फैलियो । शुक्रवार राति हृदयघात भएपछि उपचारका लागि लैजानासाथ नर्भिक अस्पतालले उनी दिवंगत भएको घोषणा गरेको थियो ।

कानुन व्यवसाय, अध्यापन, भ्रष्टाचार नियन्त्रण हुँदै न्याय निरुपण र मानवअधिकारको क्षेत्रमा काम गरेका वस्ती पछिल्लो ४र५ वर्षयता कानुनी पुस्तक लेखनमा सक्रिय थिए । केही वर्ष अझै कानुनी इतिहास अन्वेषणमा सक्रिय रहनसक्ने शालीन स्वभावका व्यक्तिलाई ७१ वर्षको उमेरमा हृदय‍घातले झुक्यायो ।

उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । �