१३ पुस, काठमाडौं । एमालेबाट निष्कासित नेता भीम रावललाई नेकपा (एकीकृत समाजवादी) मा आउन महासचिव घनश्याम भुसालले आह्वान गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेकपा (एकीकृत समाजवादी)मा आउन रावललाई आह्वान गरेका हुन् ।
एमालेभित्र अहिले धेरै उकुसमुकुस रहेको भन्दै उनले अन्य नेताहरू पनि एकताबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको बताए । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी नेतृत्वबाट हटे मात्र एमालेभित्रको उकुसमुकुस शान्त हुने उनको तर्क छ । भीम रावललाई पार्टीबाट निष्कासन गर्ने एमालेको निर्णयका विषयमा सञ्चारकर्मीहरूले सोधेको जिज्ञासामा उनको यस्तो प्रतिक्रिया आएको हो ।