६ फाल्गुन २०८१, मंगलबार | Wed Feb 19 2025

Radio Khabar Palika

नागरिक भएर जिउन नपाएको ज्येष्ठ नागरिकको गुनासो,ज्येष्ठ नागरिक आयोगको माग



धनकुटाका ज्येष्ठ नगररीकहरुले आफुहरु सम्मानपूर्वक बाच्न पाउनु पर्ने अधिकारबाट बञ्चित हुनु परेको गुनासो पोखेका छन् । उनीहरुले आफुहरु नागरिकको मौलिक अधिकार अन्तर्गतको सम्मानपूर्वक बाच्न पाउने अधिकार साथै आरक्षणको नाममा उपलब्ध सेवा सुविधाबाट बञ्चित रहेको भन्दै ज्येष्ठ नागरिक आयोगको माग गरेका छन् ।
वर्षौदेखि आफुहरुले सराकारवाला निकायलाई आफ्ना समस्या राख्दै आएपनि सुनुवाई नभएकोले ज्येष्ठ नागरिक आयोग गठन गर्न माग गरिएको ज्येष्ठ नागरीक संघ धनकुटाका अध्यक्ष राम बहादुर श्रेष्ठले बताए । चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा धनकुटामा विहिवार ज्येष्ठ नागरिक जिल्ला संघले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले ज्येष्ठ नागरिक भएकै कारण आफुहरुले रांज्यबाट निर्धारण गरिएको संविधानमा उल्लेखिन मौलिक अधिकारबाट बञ्चित हुनु परेको बताएका छन । उनीहरुले दुव्र्यवहार, डिप्रेसन, निराशाजन जीवन, घृणा तथा अवहेलनाको शिकार रहेको गुनासो पोखे । ‘हामीले भोगेको अवस्थाबारे सुनुवाई गर्ने निकायले समेत चासो देखाएको छैन’, उनीहरुको भनाई थियोे, ‘दिनानुदिन यस्ता समस्याबाट पीडित हुनु परेकोले अब ज्येष्ठ नागरिक आयोगबाट समस्याको समाधान खोज्नुको विकल्प छैन ।’ पारिवारिक र सामाजिक रुपमा अवहेलना र असुरक्षाको महशुस भएको ज्येष्ठ नागरीकको भनाई छ ।
ज्येष्ठ नागरिकका लागि स्थानीय पालिकाले समेत आश्वासन बाहेक अन्य सवालमा चासो नदिएको उनीहरुको आरोप छ । आरक्षण समेत नाम मात्रको रहेकोले कडाइका साथ कार्यान्वयन गर्न माग गर्दै आएपनि सुनुवाई नभएको उनीहरुको गुनासो छ । विभिन्न आयोग बने पनि राज्यले ज्येष्ठ नागरिकका लागि आयोग बनाउन नसक्नु पनि आफुहरु प्रतिको अपमान रहेको ज्येठ नागरीकहरुको तर्क थियो ।
कार्यक्रममा सहभागीहरुले स्वास्थ्य संस्थाका बिमा अनुसारको सुविधाबाट झन्झट व्यहोर्नु पर्नेदेखि सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई चरम उपेक्षा गरिएको बताए । यातायात साधनमा परिचयपत्र देखाउदा वेवास्था गरिने र छुटको कुरा गर्दा दुव्र्यवहार समेत व्यहोर्नु परेको दुखेसो ज्येष्ठ नागरीकहरुको छ ।