१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

धनकुटाका सांसद राईले दिए १० जनालाई ह्वीलचियर



धनकुटा। पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले अपाङ्गता भएका धनकुटाका १० जना व्यक्तिहरूलाई ह्वीलचियर प्रदान गरेका छन् । सांसद राईले चौबिसे गाउँपालिकाका छ, पाख्रीवासका दुई तथा सहिदभूमि र धनकुटा नगरका एक÷एक जना व्यक्तिलाई ह्वीलचियर दिएका हुन् ।

अपाङ्गता भएका सहिदभूमि–२ का तिर्थभक्त राईलाई सांसद राईले ह्वीलचियरसहित आफ्नो पारिश्रमिकबाट नगद २५ हजार सहयोग पनि गरेका छन् । उनले चौबिसेकी कान्छीमाया लिम्बू, देविमाया राई, मिकमायाँ माझी, शान्तकुमारी लिम्बू, कृष्णकुमारी राई र सम्झना विश्वकर्मालाई ह्वीलचियर प्रदान गरेका छन् । धनकुटा नगरका ज्यूबहादुर राई तथा पाख्रीवासका पर्शुराम शर्मा र लक्ष्मीमायाँ थापालाई ह्वीलचियर प्रदान गरिएको छ । एमाले केन्द्रिय सदस्यसमेत रहेका सांसद राईले अपाङ्गता भएका व्यक्तिहरूलाई हिँडडुल गर्न सजिलोका लागि ह्वीलचियर प्रदान गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।उनका अनुसार सांसद राईले पाख्रीवास–७ स्थित प्रगति सेवा समाजलाई पनि सहयोग गरेका छन् । राज्यमार्फत आफूले पाउने पारिश्रमिकबाट सांसद राईले सो समाजको भवन निर्माणका लागि जग्गा खरिद गर्न एक  लाख नगद प्रदान गरेका हुन् ।