५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

Radio Khabar Palika

१०८ रनले नेपाल विजयी, कुवेत २२ रनमा अलआउट



काठमाडौं। आईसीसी यू(१९ टी(२० विश्वकपको एसियाली छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ ।
एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो। नेपालकी रचनाकुमारी चौधरी र सिमा केसीले २।२ विकेट लिए। कुवेतका ६ जना ब्याटरले खाता खोल्न सकेनन्। यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो। कुवेतविरुद्ध ब्याटिङमा नेपालका पुजा महतोले ३४, साना प्रभिनले २५ र ज्योत्सिन्का मरासिनीले २३ रन जोडेका थिए।