धनकुटा । कात्तिक शुक्ल प्रतिपदाका दिन अर्थात आजको दिन नेवार समुदायमा म्हः (आत्म)पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः (आत्म)पूजा धुमधामका साथ मनाउने गर्दछन् ।
नेवार समुदायले मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएका े भन्दै आत्म पूजा गर्ने परम्परा भएको धर्मशास्त्रविद् बताउँछन् । आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।
यही शास्त्रीय मान्यता र विश्वासका आधारमा म्हः (आत्म)पूजा गर्ने परम्परा नेवारी समुदायको बाहुल्यता रहेको धनकुटा लगायत अन्य स्थानमा धुमधामका साथ मनईन्छ ।