५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

Radio Khabar Palika

नेपाल सम्वत ११४५ को स्वागतार्थ बृहत मोटरसाईकल भिन्तुना र्‍याली



धनकुटा । नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४५ को स्वागतार्थ धनकुटामा शुक्रबार बृहत मोटर साईकल भिन्तुना र्‍याली निकालिएको छ ।

नेवापुःछ धनकुटाको संयोजन तथा माथिल्लो कोप्चे टोलवकास सस्था धनकुटाको आयोजनामा विहिवारे हटियामा भेला भएर बजारको विभिन्न ठाउमा न्हुँ दया भिन्तुना मोटरसाईकल र्‍याली निकालिएको हो ।

नेपालीको महान पर्व शुभदीपावली अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनदेखि नेपाल सम्वत (नयाँ वर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक वर्ष निकालिने र्‍यालीलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । र्‍यालीमा नेवारस् समुदाय सगै विभिन्न जाति जनजातिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।