१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

Radio Khabar Palika

“धनकुटा नगर : स्वच्छ सुन्दर समुन्नत शहर”धनकुटा नगर कार्यपालिकाएक परिचय



नरबहादुर भुजेल

एक परिचय

१.१ ऐतिहासिक पृष्ठभूमि ः
धनकुटा नगरपालिका पूर्वी नेपालको महाभारत पर्वत श्रृखंलामा अवस्थित सुन्दर पहाडी नगरी हो । प्रदेश नं. १ को धनकुटा जिल्लामा पर्ने यो नगरपालिका जिल्लाकै पुरानो नगरपालिका हो । विकास क्रमलाई हेर्दा यहां करिब ४०० वर्ष पहिलेदेखि बस्ती बसेको मानिन्छ । वडा नं. ७ शिरवानी भन्ने ठाउँमा रहेको मेजर पाटी भित्र टाँसिएको शिलालेख र त्यहाँदेखि अलि तल घुमाउने चौतारा थापा थर भएको मान्छेले बनाएको शिलालेख अनुसार यो शहरको स्थापना वि. स. १८८३ सालमा भएको अभिलेख प्रष्ट छ । त्यस बखत त्यहाँ यस्माली मगरहरुको बसोबास र पछि भादगाउँबाट आएका नेवारहरुको बसोबास भएको देखिन्छ । घुमाउने चौताराले अहिले पनि धनकुटाको ऐतिहासिकतालाई थप उजागर गरेको छ ।


बमविक्रम राणा बडाहाकिम भई धनकुटा आएपछि हाल सल्लेरी छेउमा दरबार बन्यो, गांैंडाको कार्यालय बन्यो, पैसा काट्ने टक्सार बन्यो । मानिसको बस्ती बस्ने क्रम शुरु भयो । बमविक्रम राणालाई मिठाई ज्यादै मन पर्ने भएकोले आफू आउँदा मिठाई बनाउने मान्छे साथै ल्याएको, जो हाल माथिल्लो कोप्चे बस्ने कुमार मास्केका जिजुबाजे भएको कुरा बूढापाकाहरु बताउँछन् ।
राणाकालकै समय देखिनै प्रसिद्धि हासिल गरेको यो नगर त्यस बेला देखि नै चहलपहल पूर्ण रुपमा थियो । राणाकालकै समय देखि यो नगर क्षेत्र भित्र हाटबजार लाग्न शुरु भैसकेको थियो । हाटबजारको शुरुवातले कृषिजन्य सामाग्रीको खरिद बिव्रmी गर्न निकै सघाउ पु¥याएको थियो । वि.सं.१९४२ (राणा काल) मा धनकुटा गौंडाको रुपमा प्रसिद्धि पाएपछि यसले उत्तरतिरका जिल्लाहरु भोजपुर, संखुवासभा, ताप्लेजुङ्ग, तेह्रथुम लगायत धनकुटा जिल्लाकै पनि प्रायः स्थानहरुको लागि व्यापारिक तथा आवतजावतको केन्द्र ९ल्यमब िएयष्लत० को रुपमा भूमिका निर्वाह गर्दै आइरहेको छ । वि.सं.१९७१ सालमा स्थापित त्रिचन्द्र अस्पताल (हाल धनकुटा अस्पताल) तथा वि.सं.१९८६ सालमा स्थापित चन्द्र आयुर्वेद औषधालय (हाल कोशी अञ्चल आयुर्वेद औषधालय) आज पर्यन्त नगरको ऐतिहासिक धरोहरको रुपमा रहिरहेका छन् । वि.सं.१९८७ सालमा यसै नगर क्षेत्रबाट २ पैसे र ५ पैसे ढ्याक छापिएको कुरामा इतिहास साक्षी छ । यो नगर पहाडी क्षेत्रमा अवस्थित भएतापनि वि.सं.२०२३ सालमानै यहाँ गाडी चल्न शुरु भैसकेको थियो । वि. सं. २०३७ साल पूर्व यहाँ वाह्य क्षेत्रको यातायातको पहुँच नभएको कारणले गाडीलाई आवश्यक पर्ने पाटपूर्जाहरु हेलिकोप्टरबाट ल्याउने गरिन्थ्यो ।
यस नगरलाई तत्कालिन सरकारले वि.सं.२०३५ सालमा तीन वटा गाउँ पञ्चायतहरू (चुलीबन, धनकुटा बजार र निगाले) मिलाएर नगर पञ्चायत घोषणा गरेको थियो । नगरपालिका विस्तारको क्रममा २०७१ साल मंसिर १६ गते नेपाल सरकारको निर्णयानुसार पुर्वको भीरगाउं गाविस र पश्चिमतिरको बेलहारा गाविस नगरपालिका क्षेत्रभित्र समावेश गरिएपछि १५ वटा वडाहरु कायम गरिएको थियो । नेपाल सरकारको पछिल्लो निर्णयानुसार २०७३ साल फाल्गुण २७ गते प्रकासित राजपत्र बमोजिम यो नगरपालिका १० वटा वडामा विभाजित छ ।
१.२ नामाकरणः
धनकुटाको नामाकरण सम्बन्धमा विभिन्न भनाइहरु पाइन्छन्, जस्तै, वर्तमान कागते भन्ने ठाउँमा ठूलो पोखरी थियो र यस पोखरीको दुबैतिर अग्ला अग्ला डाँडाहरु रहेका छन् । ती डाँडाहरुलाई धान कुट्ने ढिकीको खाँवा र पोखरीलाई ओखल जस्तो देखिने भएकोले मानिसहरुले “यो त धान कुट्ने ठाउँ पो रहेछ, यसलाई धानकुटा भन्नु प¥यो” भन्न थालियो र विस्तारै धनकुटामा परिणत भएको हो भनिन्छ । त्यस्तै गरी, सत्रौं शताब्दी भन्दा अघि धनकुटाको अस्तित्व नभएपनि नेपाल तिब्बत युद्धताका सैनिक तथा व्यापारीहरुलाई खाद्यान्न तराईबाट सिमानासम्म लैजान धेरै टाढा हुने भएकोले यस ठाउँबाट धान कुटेर लैजाने गरिएकोले धानकुटा भन्न थालिएको र विस्तारै धानकुटाबाट धनकुटा भएको हो भन्ने जनश्रुती पनि पाइन्छ ।

१.३ अवस्थितिः
विश्वमान चित्रमा एशिया महादेशभित्रको दक्षिण एशियामा अवस्थित सानो भुपरिवेष्ठित मुलुक नेपालको पूर्वी पहाडमा अवस्थित धनकुटा नगरपालिका भौगोलिक अवस्थितिको हिसावले ८७º१६ʹ १६.५ʺ देखि ८७º२२ʹ५८.५ʺ पूर्वी देशान्तर र २६º ५५ʹ ४.८ʺ देखि २७º २ʹ ५६.४ʺ उत्तरी अक्षांशमा फैलिएको छ । धनकुटा जिल्लाको मध्य भागमा अवस्थित यो नगर समुन्द्र�