३ असार २०८३, बुधबार | Wed Jun 17 2026

Radio Khabar Palika

कोशीमा कालो बंगुर ब्रान्डको चुनौती र संभावना



पूर्वी नेपालको एउटा कृषि उत्पादन पाख्रीबासे ९धराने० कालो बंगुरलाई लिएर यति वेला गाउँघरका कृषकदेखि उपभोक्तासम्म नयाँ खाले गुनासो छाएको छ( पाठाको भाउ आकाशियो, मासु छोइनसक्नुभयो। कतिसम्म भने, बंगुरका परिकार पस्कने होटल(रेस्टुरेन्ट सञ्‍चालकहरू चाहे जति मासु नै पाइन छाडेको बताउँछन्।

नेपालमा बन्दाकोपी, गोलभेंडा, दूध, अदुवा, बंगुर लगायत कृषि उत्पादनमा वेलावेला यस्तो समस्या आउने गरेको छ। निकै राम्रो रहेको खसीको बजार कोरोना महामारीपछि डामाडोल बन्न पुगेको छ। गाउँघरमा खसी बिक्री नै हुन छाडेको छ। बंगुर भने खसीलाई उछिन्ने दौडमा निस्किएको छ।

कोरोनाको वेला धनकुटाको हिले क्षेत्रमा बंगुरको बुचा ९भाले पाठो०को भाउ गोटाको ५०० रुपैयाँभन्दा तल झर्‍यो। मासु भने प्रतिकिलो ३०० रुपैयाँ भन्दा घटेन। बंगुरको माउ पाल्ने कृषकले करीब ४० महीना यो समस्या बेहोरे।

त्यसबीचमा दानाको मूल्यमा कुनै कमी आएन। त्यो अवस्थाले बंगुरको माउ पाल्ने कृषकलाई व्यवसायबाट विस्थापित गरायो। अलि ठूलो लगानी गरेकाहरू ऋणमा डुबे, सडकमै पुगे। त्यसरी पाठा उत्पादन ठप्पप्रायः भए पनि बंगुरको मासुको भाउ घटेन, बरु निरन्तर उकालो लाग्यो।

हाल कालो बंगुरको मासु प्रत्येक महीना किलोमा ५० रुपैयाँका दरले महंगिंदै गएको छ। पाख्रीबासे कालो बंगुरको मासु पाख्रीबासमै �