११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

Radio Khabar Palika

विश्रान्ति वृद्धाश्रमलाई कर्मचारी सञ्चय कोषको १ लाख सहयोग



१० चैत,धनकुटा । धनकुटाको मूलघाटमा सञ्चालित विश्रान्ति वृद्धाश्रमलाई कर्मचारी सञ्चय कोषले एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चय कोषको धनकुटा सेवा केन्द्रमार्फत उक्त सहयोग उपलब्ध गराइएको हो। सेवा केन्द्रका प्रमुख झलकराज शर्माले आश्रम व्यवस्थापन समितिका अध्यक्ष शारदाप्रसाद मिश्रलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। प्रमुख शर्माका अनुसार सहयोग रकम केन्द्रीय कार्यालयबाट प्राप्त भए पनि शाखा कार्यालयमार्फत हस्तान्तरण गरिएको हो। उनले यस्ता सामाजिक कार्यले असहाय तथा ज्येष्ठ नागरिकको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। धनकुटा नगरपालिका–९, मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा हाल ४० जना असहाय ज्येष्ठ नागरिक आश्रित रहेका छन्। आश्रमले उनीहरूको पालनपोषण तथा नियमित हेरचाह गर्दै आएको छ।