७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

Radio Khabar Palika

धनकुटाबाट १८ जनाले गरे उम्मेदवारी दर्ता



६ माघ, धनकुटा । धनकुटाबाट १८ जनाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि राजेन्द्र कुमार राईले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी यस अघि पनि धनकुटाबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । त्यस्तै नेपाली कांग्रेसका सभापति तथा युवा नेता दिनेश राइले पनि उम्मेदवारी दर्ता गरेका छन् । उनी प्रतिनिधि सभा निर्वाचनमा पहिलोपकट प्रतिस्पर्धामा उत्रिएका हुन । नेपाली कागे्रेसको सबैभन्दा कान्छा जिल्ला पाटी सभापति समेत रहेका राई पछिल्लो समयमा धनकुटाको विकास र संमृद्धीका लागि निरन्तर लागि परेका छन । त्यस्तै नेपाली कम्युनिष्ट पाटी धनकुटाको तर्फबाट धर्मराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन । धनकुटाको राजनितिमा निकै अनुभवी मानीने पौडेल तत्कालिन जिल्ला विकास समितिको सभापति थिए । अहिले उनी नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य हुन । राष्ट्रिय स्वतन्त्र पाटी धनकुटाका दिनेश भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै नेपाल मजदुरकिसान पाटीले पनि उम्मेदवारी दर्ता गरेको छ । पाटीको तर्फबाट उत्तम साखकर्मीले उम्मेदवारी दर्ता गरेका छन । त्यस्तै श्रमसंस्कृती पाटीको तर्फबाट सानबहादुर राईले उम्मेदवारी दर्ता गरेका छन । आम जनता पार्टीबाट प्रेम बहादुर थापा,संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बालकुमारी ताम्ली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ । त्यस्तै जनता समाजवादी पार्टीबाट निशान राई , नेपाल कम्युनिष्ट पाटी (माओवादी) बाट रविन कुमार राई,जनता समाजबादी पार्टी नेपालबाट आईतराज लिम्बु,राष्ट्रिय परिवर्तन पार्टीबाट शालिकराम राई, मंगोल नेशनल अर्गनाईजेशनबाट सागर राई, स्वतन्त्रबाट मनकुमार योञ्जन, जितेन्द्र राइ, गंगाराम गोम्देन र लाक्पा तामांगले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ । प्रतिनिधिसभा एक निर्वाचन क्षेत्र रहेको धनकुटामा कुल मतदाता संख्या १ लाख १८ हजार ४ सय २५ जना रहेका छन् । जसमध्ये ५८ हजार ९ सय ४२ र पुरुष मतदाता ५९ हजार ४ सय ८३ जना छन् । जिल्लामा कुल मतदान स्थल १ सय १९ र केन्द्र १ सय ६६ रहेको छन् । कुल केन्द्र वाहेक दुई अस्थायी मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए ।