
धनकुटा, पुस १७ । ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस धनकुटामा विभिन्न कार्यक्रमसहित मनाइएको छ। अन्तर्राष्ट्रिय नारा तथा “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन सामाजिक उन्नतिको सुनिश्चितता” राष्ट्रिय नाराका साथ धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरीय अपाङ्गता रोकथाम तथा पुनर्स्थापना संस्था, धनकुटाले आयोजना गरेको कार्यक्रममा अपाङ्गता भएका विद्यार्थीहरूलाई विभिन्न सामग्री वितरण गरिएको थियो। कार्यक्रमा जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी निरीक्षक किश्वर तामाङले विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण गर्नुभयो । त्यस्तै आयोजकले विद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गरेको छ ।

धनकुटाको मदनचोकमा भेला भएको सहभागी टोलीले बजार परिक्रमा गरी सामुदायिक भवन पुगेर कार्यक्रम गरि उक्त समाग्ी वितण गरेको हो । कार्यक्रमको क्रममा अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनका सामाग्ी तथा न्यानो कपडा वितरण गरिएको आयोजकले जनाएको छ।

सहभागिताले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशीकरण र सामाजिक सम्मानका लागि आवश्यक जनचेतना अभिवृद्धि जोड दिनुपर्ने बताएका छन । अपाङ्गताभएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उनीहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने अनिवार्य आवश्यकता रहेको बताएका छन ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भएपनि व्यवहारिक रुपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ ।

अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । कार्यक्रम कार्यापालिका सदस्य दिलकुमार राईको प्रमुख आतिथ्यता तथा नगरस्तरीय अपाङ्गता रोकथाम तथा पुनर्स्थापना संस्था, धनकुटाका अध्यक्ष राम योगीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि, जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।








