२८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025

Radio Khabar Palika

सञ्चारमन्त्रीले भने, सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ



१३ भदौ २०८२,काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रुपमा आह्वान गरिसकेको भन्दै सरकारले तोकेको समयमा दर्ता नभए सामाजिक सञ्जाल बन्द गरिने बताएका हुन । उनले यसअघि पटक पटक दर्ताका लागि मौका दिएपनि केहि सामाजिक सञ्जाल अझै नेपालमा दर्ता नभएकाले अव अन्तिम पटकका लागि दर्ता गर्न आह्वान गरिएको बताए । भाद्र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको थियो ।