१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

वेद विज्ञान विषयमा आध्यात्मिक दार्शनिक प्रवचन सम्पन्न



६,असार धनकुटा । नेपाली सेनाका पूर्व जर्नेल, वरिष्ठ गीतकार, कवि, दार्शनिक चिन्तक आनन्द अधिकारीज्यूबाट वेद विज्ञान (मन्त्र विज्ञान) सम्बन्धमा एक विशेष आध्यात्मिक दार्शनिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ।
विश्रान्ति मन्दिर परिवारको संयोजनमा आयोजित उक्त कार्यक्रममा बोल्दै अधिकारीज्यूले वैदिक ज्ञान, मन्त्रको वैज्ञानिक प्रभाव, जीवनदर्शन र अध्यात्मबारे विस्तृत रूपमा व्याख्या गरे । उनले वेद विज्ञानलाई केवल धार्मिक ग्रन्थको रूपमा नभई, मानव जीवन सुधार गर्ने वैज्ञानिक विधिको रूपमा बुझ्न आवश्यक रहेको बताए।ूमन्त्र उच्चारण शब्दमात्र होइन, त्यो एक ऊर्जा हो,ू अधिकारीज्यूले भने, ूशुद्ध मन्त्रोच्चारणले वातावरणलाई सकारात्मक बनाउन सकिन्छ र मानसिक शान्ति प्राप्त गर्न सकिन्छ।

उनले वेदमा समेटिएको ज्ञानलाई आधुनिक जीवनमा व्यवहारिक रूपमा प्रयोग गर्न सकिने धारणा पनि प्रस्तुत गरे। प्रवचनका क्रममा उनले मानिसले आत्मचिन्तन, आत्मानुशासन र सकारात्मक सोचमार्फत नै सच्चा अध्यात्मको अनुभूति गर्न सक्ने विचार राखे।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, धार्मिक श्रद्धालु, पत्रकार, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विश्रान्ति मन्दिर परिवारले यस्ता ज्ञानमूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ।