१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

धनकुटामा चाडपर्व लक्षित अनुगमन तिब्र



धनकुटा । दशै लगायत चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासन धनकुटाले बजार अनुगमनलाई तिब्र पारेको छ। जिल्ला प्रशासन कार्यालाय धनकुटाको नेतृत्वमा खाद्य प्रविधि गुण नियन्त्रण डिभिनज कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय धनकुटा र राष्ट्रिय उपभोक्त संघ धनकुटाले संयुक्त रुपमा अनुगमनलाई तीब्रता दिएका हुन्। अनुगमन टोलीले धनकुटाको हिले बजारका खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अघिल्लो बर्ष अखाद्यबस्तु अत्याधिक पाइने गरेकोमा यो बर्ष सो क्रम धेरै घटेको पाइयो। टोलिले दैनिक जस्तो धनकुटा हिले सहित पाख्रिवास सिधुवा लगायतको बजारमा अनुगमन गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेब रायमाझिले जानकारी दिनुभयो। अघिल्लो बर्ष अनुगमन गर्दा अखाद्यबस्तुको चाँङ लाग्ने गरेकोमा यो बर्ष भने नगन्य रुपमा पाइएको घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका सुचना अधिकारी बिकास कार्कीले जानकारी दिनुभयो। पछिल्लो समय यस बारेमा आफुहरु सचेत भएकाले खाद्य अखाद्य बस्तु छुट्याएर बिक्रि गर्ने गरेको स्वयम ब्यापारीको भनाई छ।