
२२ जेठ, धनकुटा । धर्मगंगा तथा कैलाशनाथ धाम परिसरमा सामुदायिक भवन निर्माणका लागि आयोजित पुरुस्वतम मास महात्मा तथा श्रीमदमत्स्य महापुराण सम्पन्न भएको छ।
राधारानी मिलिजुली महिला समूहको आयोजनामा जेठ ६ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको महापुराणबाट १ लाख ७६ हजार २ सय ९० रुपैया बचत भएको आयोजकले शुक्रबार पत्रकार सम्मेल मार्फत जानकारी दिएको हो ।पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको आर्थिक प्रतिवेदनअनुसार महापुराणबाट ७ लाख ६२ हजार ९५ रुपैया संकलन भएको थियो। संकलित रमक मध्ये विभिन्न शीर्षकमा ५ लाख ८५ हजार ८ सय ५ रुपैया खर्च भएको थियो । खर्चतर्फ गुरु दक्षिणामा २ लाख ४८ हजार, खाद्यान्नमा ६० हजार, टेण्ड तथा साउण्ड सिस्टममा १ लाख ५२ हजार, इन्धनमा १३ हजार, यातायातमा १२ हजार तथा पूजा सामग्री खरिदमा १८ हजार ५०५ खर्च गरिएको जनाइएको छ। साथै व्यवस्थापन, प्रचारप्रसार, सञ्चार र विविध शीर्षकमा समेत खर्च गरिएको थियो। पुराणका क्रममा सामुदायिक भवन निर्माणका लागि स्थानीय भक्तजन तथा दाताहरूले नगद तथा निर्माण सामग्री सहयोग गरेका छन्। सार्वजनिक विवरणअनुसार गोपाल कटुवाल, दिवाकर दाहाल, कमल कार्की, दीपक रायमाझी , नारायण विक, अभिमाया चापागाई लगायतले भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेका छन्। आयोजक समितिले धार्मिक तथा सामाजिक उद्देश्यका साथ सञ्चालन गरिएको पुराण सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भक्तजन, दाताहरू, स्वयंसेवक तथा स्थानीयवासीप्रति आभार व्यक्त गरेको छ। बचत भएको रकम धर्मगंगा तथा कैलाशनाथ धाम परिसरमा निर्माणाधीन सामुदायिक भवन निर्माण कार्यमा उपयोग गरिने समितिले जनाएको छ।

