१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

Radio Khabar Palika

धनकुटामा दीप प्रज्वलन गरी पत्रकार महासङ्घको स्थापना दिवस मनाइयो



१६ चैत्र,धनकुटा । धनकुटामा सोमबार दीप प्रज्वलन गरी नेपाल पत्रकार महासङ्घको स्थापना दिवस मनाइएको छ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रममा महासङ्घका सल्लाहकार तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै महासङ्घ धनकुटा शाखाका अध्यक्ष विदुर खवासले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आगामी दिनहरू अझ चुनौतीपूर्ण र महत्वपूर्ण रहने बताए। उनले पत्रकारहरू सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामा अडिग रहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी पत्रकार महासंघका संस्थापक सभापति सञ्जय सन्तोषी राई, पूर्व अध्यक्ष विजय सन्तोषी, सल्लाहकारहरू सन्तवीर लामा सन्तोष रुचाल सोबिस चेम्जुङ भेसराज कटेल बिनोद घिमिरे लगायतले पत्रकारिताको मर्यादा, पेसागत आचारसंहिता तथा सञ्चारकर्मीहरूको सुरक्षाका विषयमा । दीप प्रज्वलनमार्फत पत्रकारिता क्षेत्रको उज्ज्वल भविष्यको कामना गरिएको थियो।