१४ फागुन,धनकुटा । धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा (ब्लड बैंक) स्थापना गर्ने अभियानका लागि हालसम्म १६ लाखभन्दा बढी रकम संकलन भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवालयका प्रमुख कार्यकारी अधिकृत, राजेन्द्र कुमार राउतको विशेष समन्वय र सहयोगमा गैरआवासीय नेपाली संघ अन्तर्गत विभिन्न देशहरुमा रहनु भएका राष्ट्रिय समन्वय परिषद्, च्याप्टर तथा व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भएको हो। हालसम्म १६ लाख ४५ हजार ४ सय २८ रुपैयाँ संकलन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवालयका प्रमुख कार्यकारी अधिकृत, राजेन्द्र कुमार राउतले जानकारी दिए।
सहयोग गर्नेहरूमा जर्मनीबाट श्री राम प्रताप थापा (रु. ४ लाख), एनआरएनए कोलोराडो च्याप्टर अमेरिका (रु. २ लाख ६ हजार १ सय २८), एनआरएनए जापान (रु. २ लाख), डा. किरण भण्डारी, किर्गिस्तान (रु. २ लाख), एनआरएनए क्यानाडा (रु. १ लाख १० हजार), श्री किरण राज अधिकारी, हङकङ (रु. १ लाख ५ हजार ५ सय), एनआरएनए अष्ट्रेलिया (रु. १ लाख ३ हजार), श्री रविन प्रसाद श्रेष्ठ, जापान (रु. १ लाख) लगायत रहेका छन्।
त्यस्तै एनआरएनए चीन (रु. ७ हजार), राजेन्द्र कुमार रजत, धनकुटा/काठमाडौँ (रु. ५५ हजार), श्री दिवाकर कँडेल, जापान (रु. ५० हजार), एनआरएनए कंगो (रु. २५ हजार), युवा उद्यमी अशोक राज पाण्डे, नुवाकोट (रु. १० हजार) तथा श्री प्रकाश श्रेष्ठ, फिलिपिन्स (रु. ७ हजार) ले पनि सहयोग गरेका छन्।
ब्लड बैंक स्थापना भएपछि धनकुटा अस्पतालमा आकस्मिक तथा नियमित उपचार सेवामा सहजता आउने अपेक्षा गरिएको छ। अभियानले देश विदेशमा रहेका धनकुटावासी तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आह्वानसमेत गरेको छ।
१९ फाल्गुन २०८२, मंगलबार २ : ५० बजे
8.1k
Shares







