१७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026

Radio Khabar Palika

धनकुटामा एमालेसहित विभिन्न दलका नेता तथा कार्याकर्ता कांग्रेसमा प्रर्वेश




१७ फागुन,धनकुटा ।धनकुटा नगरपालिका–८ मा नेकपा एमाले सहित विभिन्न दलका दर्जनाै नेता तथा कार्यकर्ता नेपाली काँग्रेस मा प्रवेश गरेका छन्।
आइतबार टेकुनालामा आयोजित कार्यक्रममा नवप्रवेशीहरूले काँग्रेसका तर्फबाट उम्मेदवार बनेका जिल्ला सभापति दिनेश राई आठपहरिया लाई अत्यधिक मतसहित विजयी गराउने प्रतिबद्धता जनाएका छन्।
नवप्रवेशीहरूलाई राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापा, संविधान सभा सदस्य तथा पूर्व जिल्ला सभापति मनोहर नारायण श्रेष्ठ, जिल्ला उपसभापति सुनिल डङ्गोल, जिल्ला सचिव विजय सन्तोषी राई तथा वडाध्यक्ष धनकुमार राई र रोशेष श्रेष्ठलगायतले टीका लगाएर स्वागत गरेका थिए।
लामो समयदेखि एमालेमा सक्रिय रहेका रुजन राईसहितका नेता तथा कार्यकर्ताले वर्तमान राजनीतिक परिस्थिति र परिवर्तनशील माहौललाई ध्यानमा राख्दै काँग्रेस रोजेको बताएका छन्। उनीहरूले भदौ २२ र २३ गते भएको ‘जेन्जी आन्दोलन’पछि देशको राजनीति नयाँ ढङ्गले अघि बढेको उल्लेख गर्दै काँग्रेसले रूपान्तरणको मार्ग समातेको दाबी गरे।
पार्टी प्रवेशपछि बोल्दै नवप्रवेशीहरूले यस पटक पुरानै अनुहार दोहोर्‍याउनेभन्दा युवा नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखे। “यो पटक युवा नेता दिनेश राई आठपहरियाको जित पक्का छ, अत्यधिक मतका साथ जिताउनेछौँ,” उनीहरूले भने।
कार्यक्रममा काँग्रेस नेताहरूले पार्टीमा प्रवेश गर्नेहरूको योगदानको सम्मान गर्दै संगठन सुदृढीकरणमा एकताबद्ध भएर अघि बढ्ने बताएका थिए। चुनाव नजिकिँदै जाँदा धनकुटामा दल परिवर्तन र राजनीतिक ध्रुवीकरणका गतिविधि तीव्र बन्दै गएका छन ।