५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

Radio Khabar Palika

राजनितिक दलहरुलाई निर्वाचन आचरसंहिता पालना गर्न आग्रह



माघ ४, धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा धनकुटाका राजनितिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । धनकुटाको सामुदायिक भवनमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयमा सर्वदलिय तथा सर्व पक्षिय छलफलको आयोजना गरी निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको हो ।
छलफलमा दलहरुलाई आमसभामा १० वटा झण्डा, १ वटा तुल, प्रचारकालागि २ वटा गाडी ४ वटा घोडाको प्रयोग गर्न सकिने मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले बताउनुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउँन आचार संहिताको पूर्ण पालना गनृ आग्रह गर्दै उहाँले ं आचारसहिता उल्लघंन गरे कानुन बमोजिम आवश्यक कारबाहि हुने समेत जनाकारी दिनुभयो । बैठकमा चुनावी प्रचारप्रसार, खर्चको सीमा, सवारी साधन संचालन, सामाजिक संञ्जालको प्रयोग लगायतका बिषयमा जानकारी गराइएको थियो । छलफलमा निर्वाचन आचार संहिता प्रस्तुत गर्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले उम्मेद्धावारको आर्थिक पारदर्शिता, प्रसारप्रसारको समय, झण्डा र चुनाव चिन्हको आकार, सवारी प्रयोग सम्बन्धि आचार संहिंतामा उल्लेखित ब्यबस्था सम्बन्धि जानकारी दिनुभयो । उले उम्मेदवारी मनोनयन दर्ता गर्न आउँदा दलहरुले अधिकतम पच्चिस जनाको संख्यामामात्रै मान्छे ल्याउन, जुलुस, आमसभा, कोणसभा लगायतका कार्यक्रममा दश वटा झण्डा र एउटा मात्रै तुल प्रयोग गर्न पाउने जानकारी गराइएको छ । यस्तै मुख्य निर्वाचन अधिकृतको अनुमतीमा २ वटा सवारी साधन र मोटरबाटो नभएको ठाउँमा जान ४ वटासम्म घोडा प्रयोग गर्न सकिने बताईएको छ । आचार संहिता उल्घंन गर्ने उम्मेदवारलाई घटनाको प्रकृति हेरेर १ लाख रुपैयाँ सम्म जरिवानावा गर्नसकिने साथै उमेदवारी खारेजीसम्मको सजाय हुने प्रमुख जिल्ला अधिकारी खड्काले बताउनु भयो ।यस्तै निर्वाचनलाई शान्तिपूर्ण र भय रहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता पालनामा आफूहरु प्रतिबद्ध रहेको राजनैतिक दलका प्रतिनिधिहरुदे जनाएका थिए । आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पालनाका लागि प्रतिबद्ध रहेको, मनोनयन दर्ता शुल्कमा सीमान्तकृत, गरिब र अल्पसंख्यकका लागि भएको छुटको ब्यबस्थाका बारेमा प्रष्ट रहेको दलका प्रतिनिधिले बताएका थिए । छलफलमा नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्यूनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रमसंस्कृती, मंगोल नेशनल अर्गनाइजेशन, नेकपा माओवादी लगायत दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।