२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

Radio Khabar Palika

धनकुटामा होटल तथा होमस्टे व्यवसायीका लागि ४ दिने आतिथि सत्कार तालिम सुरु



मंसिर २३ धनकुटा । धनकुटा नगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न होटल तथा होमस्टे व्यवसायीलाई व्यवसायिक दक्षता र अतिथि सत्कारमा थप प्रभावकारिता बनाउन ४ दिने तालिम आजबाट सुरु भएको छ ।
धनकुटा नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्ड र युएनडीपी को सहकार्यमा सञ्चालन भएको ‘होटल÷होमस्टे व्यवस्थापन तथा अतिथि सत्कार तालिम’ को उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गर्नुभयो । आजदेखि सुरुभएको तालिम २६ गतेसम्म निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ ।

तालिममा धनकुटा नगरपालिकाभीत्रका ५० भन्दा बढी होटल तथा होमस्टे सञ्चालक तथा कर्मचारीहरुको सहभागिता रहेको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख तामाङले पर्यटन प्रवद्र्धन र स्थानीय होटल व्यवसायको गुणस्तर वृद्धि गर्न आवश्यक सीप, शिष्टाचार र व्यवस्थापन सीप अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नगरपालिकाले पर्यटनमैत्री सेवा सुधारका यस्ता तालिमलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिममा आतिथि सेवा ज्यकउष्तबष्तिथ स्वच्छता र सुरक्षा, ग्राहक व्यवस्थापन, सेवा गुणस्तर, होमस्टे सञ्चालनका कानुनी प्रक्रिया, तथा स्थानीय पर्यटन प्रवद्र्धनजस्ता महत्वपूर्ण विषयमा विशेषज्ञद्वारा प्रशिक्षण दिइनेछ । धनकुटालाई आन्तरिक तथा बाह्य पर्यटकका लागि सुरक्षित र आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यअनुसार तालिमले व्यवसायीहरूलाई थप सक्षम बनाउने अपेक्षा नगरपालिकाले गरेको छ । उद्घाटन कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, वडा नं. ७ का अध्यक्ष रोषेश श्रेष्ठ, तथा होटल एशोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्टलगायतको उपस्थिति थियो।