
१ साउन, धनकुटा । सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटाले यो वर्ष उत्कृष्ट काम गर्नेे ७ जना निर्माण व्यवसायी र ६ जना कर्मचारीलाई सम्मान गरेको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा, धनकुटा, भोजपुर संखुवासभा र तेह्थुममा निर्माण कार्यमा योगदान पु¥याउने निर्माण व्यवसायी र कर्मचारीहरूलाई सम्मान गरेको हो ।

सम्मानित निर्माण व्यवसायीहरूमा अरुण बरुण निर्माण सेवा कम्पनीका मिगुर शेर्पा ,इष्ट विएन कन्ट्रक्सन कम्पनीका बल बहादुर राई, श्याम कन्ट्रक्सनका गणेश गुरुङ,अन्नपूर्ण अरुण कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अर्जुन थापा छन ।

त्यस्तै मारुती ए.ए.एन.यस जेभिका अभिनव अग्रवाल, स्वामीनारायण आर्सिवाद जेभीका सन्तोष बस्नेत र विरुवा सारासृष्टि निमार्ण सेवाका दिनेश राइ रहेका छन ।

त्यस्तै सम्मानीत हुने कर्मचारीहरुमा कम्प्यूटर अपरेटर दिवाकर देउजा, इन्जिनियर भक्तिनारायण चौधरी,इन्जिनियर विवेक देव,इन्जिनियर प्रमानन्द मेहता, सव ईन्जिनियर रविन श्रेष्ठ, सव इन्जिनियर जुनप्रसाद रोकाय रहेको कार्यालयका प्रमुख सुमन मिश्रले जानकारी दिए । सम्मानीत सबैलाई प्रतिनिधि सभाका सदस्य तथा पूर्व मन्त्री राजेन्द्र कुमार राई र कार्यालयका प्रमुख सुमन मिश्रले सम्मान पत्र र खदा लगाएर सम्मान गरेका हुन ।

