१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025

Radio Khabar Palika

१५ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस धनकुटामा विविध कार्यक्रमसहित सम्पन्न



८ असार, धनकुटा । मानव अधिकारको लागि महिला, एकल महिला समूह (WHR)कोशी प्रदेश, धनकुटाको आयोजनामा १५ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ।
“बैवाहिक स्थितिका आधारमा भेदभाव नगरौं” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा समृद्ध तथा मर्यादित जीवनका लागि सशक्तिकरण भन्ने लक्ष्यका साथ कार्यक्रम सम्पन्न भएको हो । “एकल महिला सुरक्षा कोष सञ्चालन” सम्बन्धी समसामयिक विषयमा केन्द्रित गर्दै सञ्चारकर्मीहरूसँग अन्तरक्रियात्मक अन्तरसम्वाद कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य अन्जना ताम्लीले एकल महिलाहरूको सुरक्षा, सशक्तिकरण र सामाजिक सम्मान सुनिश्चित गर्न राज्य र समाजको संयुक्त प्रयास अपरिहार्य रहेको बताईन। पत्रकारहरूको भूमिकालाई विशेष उल्लेख गर्दै, एकल महिलाका मुद्दा उजागर गर्न मिडियाले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने धारणा राखिन । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवि खनाल ,पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास तथा संचारकर्मीहरुको उपस्थिती थियो । कार्यक्रममा धनकुटामा रहेर मानव अधिकारको पक्षमा निरन्तर आवाज बुलन्द गरेको भन्दै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास र निवर्तमान केन्द्रिय सदस्य सरिता बराईलीलाई सम्मान समेत गरेको छ ।