
२६ जेठ,धनकुटा । सहिदभुमि गाउँपालिका धनकुटाले दलित समुदायको जिविको पार्जनमा सुधार ल्याउने उद्देश्यले आरन तथा हाते ग्यालेन्डर वितरण गरेको छ । दलित एकता समाजले एक कार्यक्रमको आयोजना गरि पालिकाको सहयोगमा २०।२० थान आरन र हाते ग्यालेन्डर २ लाख बराबरको खरिद गरि वितरण गरेको हो । सहिभुमि गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ र विशेष अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा रहेका थिए । कार्यक्रममा सहिदभुमि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर भण्डारी , योजना शाखा प्रमुख भुपाल थापा लगायत जनप्रतिनिधिको उपस्थिति थियोे ।

गाउँपालिकाले पालिका भित्रका दलित समुदायलाई आर्थिक रुपमा समृद्ध बनाउने उद्देश्यले स्रोत साधनको व्यवस्थापन गर्दै आइरहेको अध्यक्ष मनोज राईले जानकारी दिए । दलित एकता समाजका अध्यक्ष सुर्य प्रकाश विश्वकर्माले पालिका संग समन्वय गरि दलित समुदायको उत्थानका लागि शैक्षिक रुपमा विकास गर्न छात्रवृत्ति ,जिविकोपर्जन संग प्रत्येक्ष लाभ पुग्ने हिसाबले पञ्चेबाजा वितरण र आरन वितरण लगायत विभिन्न सचेतना मुलक गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए । वडा नं २ का कृष्ण बहादुर विश्वकर्माले आफुहरुको सिपलाई सदुपयोग गर्न पालिकाले स्रोत साधनको व्यवस्था गरिदिएकोमा धन्यवाद दिदै उनले पैसाको अभाव हुदा आवाश्यक सामाग्री खरिद गर्न नसक्दा आरनन चलाउन नसकिरहेकोहरुलाई थप सहयोग पुगेको बताए ।