
पञ्चमाया तामाङ
२६ जेठ धनकुटा ।धनकुटारनेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० जिल्ला समिति धनकुटाको आयोजनामा सञ्चालित दुई दिने सचेतना मुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
पाख्रीबास नगरपालिका धनकुटाको सहयोगमा सञ्चालन भएको कार्यक्रममा नगरभित्रका १० वटा वडामा वसोवास रहेका महिला तथा पुरुषको सहभागिता थियो । दुई दिने सचेतना कार्यक्रमको सहजिकरण नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका सल्लाहकार तथा प्रशिक्षक जेपी भुजेल र फोनिज प्रदेश समितिका निवर्तमान अध्यक्ष सन्तविर लामाले गरेका थिए ।

सो अवसरमा आदिवासी जनजाति सम्बन्धी हक अधिकारको सन्दर्भमा, नेपालको संविधान र आदिवासी जनजातिहरुको संवैधानिक अधिकारहरु, आदिवासी जनजातिहरुको वर्तमान अवस्था, उत्थान र विकासका लागि भएका प्रयास, स्थानीय तह र जनप्रतिनिधिहरुसँग आदिवासी जनजातिको सम्बन्ध र सरोकार, नीति कार्यक्रमको विषयमा विशेष गरेर छलफल भएको थियोे ।
सचेतना कार्यक्रमको समापन आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष नवीन किशोर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समापन कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद पाख्रीवासका अध्यक्ष थर्कमान श्रेष्ठ, नेपाल मगर संघ अध्यक्ष निम बहादुर राना, नेपाल मगर संघ, बौद्व सेवा समाज पाख्रीवासका अध्यक्ष लेख बहादुर गाम्छाकी मगर, किरात राई यायोखा पाख्रीवास नगर सचिव चकेन्द्र राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
फोनिज धनकुटाका अध्यक्ष मालती मोक्तानले आदिवासी जनजातिहरुमा जागरुकता ल्याउन पाख्रीबास नगरपालिकाको सहयोगमा आदिवासी जनजाति हक अधिकार सम्बन्धि दुई दिने सचेतनामुलक कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्दै पाख्रीवास नगरपालिका वडा नं।९ बाट सहभागी पुष्पा घिसिङले नगरमा पहिलोपटक आदिवासी जनजाति सम्बन्धि हक अधिकार र नेपालको संविधानमा समावेश गरिएको ऐन, कानूनहरुका विषयमा बुझ्ने महत्वपूर्ण अवसर मिलाएकोमा नगरपालिका र आयोजक फोनिज धनकुटालाई धन्यवाद दिए ।
उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम वडा वडामा अति आवाश्यक रहेको घिसिङ्गले औल्याएकी छन् । कार्यक्रमको संचालन फोनिज धनकुटाका सचिव डेविड ठाडा मगरले गरेका थिए । ‘समृद्धि र सुशासनको लागि हाम्रो कलम’ भन्ने मुल नाराको साथ आयोजना गरिएको २ दिने सचेतना कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक भाषा, संस्कार, संस्कृति संरक्षणमा आदिवासी जनजाति समुदायले जोड दिनु पर्ने औल्याएको थिए ।