१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

धनकुटा नगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तीहरुलाई आवश्यक सामाग्री वितरण



२१ जेठ धनकुटा । धनकुटा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक उपशाखाले अपाङ्गता भएका व्यक्तीहरुलाई आवश्यक सामाग्री वितरण गरेको छ । आज एक कार्यक्रमका बीच नगरपालिका अन्तर्गतका १० वटै वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई उक्त सामाग्री वितरण गरिएको धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनालले जानकारी दिनुभयो ।


नगरपालिकामा उपप्रमुख भिमादेवी खनालको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत दशरथ राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने पाङ्गग्रा सहितको कमोट कुर्सी १४ थान लौरो १६ थानर पाच जोडी बैशाखी प्रदान गरेका थिए ।