१५ जेष्ठ २०८२, बुधबार | Wed May 28 2025

Radio Khabar Palika

जिल्ला प्रहरी कार्यालय धनकुटाले गर्यो गाँजासहित लागुऔषध नष्ट



१० जेठ, धनकुटा । धनकुटामा विभिन्न मितिमा बरामद गरिएका गांजा सहित लागुऔषध आज नष्ट गरिएको छ ।धनकुटा नगरपालिका ९ मुलघाट स्थित तमोर नदीको किनारमा गाँजा १८३८ केजी, ट्रामोल लेखिएको ट्रामाडोल ४१४ क्याप्सुल, डेसोलिक लेखिएको डाइजिपाम ५० ट्याब्लेट तथा स्पास्पेन र स्पासरेस्ट लेखिएका डाइसिक्लोमाइन औषधि ३३३ ट्याब्लेटलाई धनकुटा जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय नागरिकको रोहवरमा अपराध अनुसन्धान शाखाले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बरामद भएका लागुऔषधबाट प्रयोगशालामा परीक्षण गर्न पठाउनको लागि कानूनले तोकेको निश्चित मात्रा छुट्याई बाँकी लागुऔषधलाई अदालतको अनुमति अनुसार नष्ट गर्नुपर्ने विधि रहेको प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालले जानकारी दिए।