१९ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025

Radio Khabar Palika

धनकुटा नगरपालिका वडा नं ७ को नवनिर्मित भवन नगर प्रमुख तामाङद्धारा उद्घाटन



९ जेठ २०८२,धनकुटा ।धनकुटा नगरपालिका वडा नं ७ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गरिएको छ । मौलीक नेवारी शैलिमा निमार्ण गरिएको उक्त भवनको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले एक कार्यक्रम विच उद्धाटन गरेका हुन ।

भवन उद्घाटन गरेपछि प्रमुख तामाङले यो भवनबाट वडा प्रशासनको सेवा प्रवाह थप प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा पञ्चेबाजा सहित स्थानीय बासिन्दाले नगरप्रमुख तामाङलाई भव्य स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

वडा नं ७ का वडाध्यक्ष रोषेष श्रेष्ठले कार्यक्रममा वडावासीको तर्फबाट धन्यवाद ज्ञापन गर्दै भवन निर्माणमा सहयोग पु¥याउने सबैलाई आभार व्यक्त गरे । उक्त भवन निर्माणले अब वडा स्तरका सेवा तथा कार्यक्रमहरू सहज रूपमा संचालन गर्न सकिने उनकोे भनाई छ । कार्यक्रममा समयमा नै भवन निमार्ण गर्ने निमार्ण व्यवसायी लक्षमण विक र नगरपालिकाका इन्जिनियर कुशल मिश्रलाई सम्मान गरिएको कार्यपालिका सदस्य दिलकुमार राईले जानकारी दिए ।