१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

धनकुटामा ‘भुई्ँ मान्छे’ को बिमर्श



जेठ ६,धनकुटा । धनकुटामा डा.बिन्दा पाण्डेको पुस्तक ‘भुई्ँ मान्छे’ को बिषयबस्तु माथि बिमर्श कार्यक्रमको आयोजना गरिएको छ ।

रेडियो खबरपालिकाको आयोजनामा भएको उक्त बिमर्श कार्यक्रममा कृषि अभियान्ता तथा लेखक जीवन कुमार राईले पाण्डेको पुस्तकको बिषयमा समालोचना गरे । पुस्तकमा बि।सं। २०४६ साल भन्दा अघि नेपालको कम्युनिष्ट पार्टी स्थापना गर्न दुःख गर्ने पात्रहरुको योगदान र अवस्थाका बारेमा लेखिएको छ । कार्यक्रममा पाण्डेले पुस्तकको बारेमा जानकारी दिैदै त्यसको बिभिद पक्ष,पात्र र बिषय बस्तुको बारेमा चर्चा गरे । अभियान्ता राई र लेखक पाण्डेको पुस्तको बिषयमा जिल्लाका लेखक,साहित्कार तथा पत्रकारहरुले पुस्तकमा छुटेका बिषयमा थप खोज गरेर समाबेश गर्न सुझाव दिए। आएका सुझावलाई आगामी अर्को संस्करणमा सभाबेश गर्ने जानकारी दिंदै पाण्डेले यस्ता निष्ठावान राजनैतिक दस्तावेज कम्युनिष्टका मात्र नभएर कांग्रेस लगाएत अरुले पनि लेख्नुपर्ने सुझाव दिए । पुस्तक माथि,संचारकर्मी सन्तबीर लामा,धनकुटा नगरपालिकाका मेयर भीमा देवी खनाल,जिल्ला समन्वय समितिका उपप्रमुख साबित्रा राई लगाएतले सुझाव दिए । कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले आफू जिल्लाबासी भएको हैसियतले आगामी प्रकाशन हुने पुस्तकको अर्को संस्करणमा जिल्लाको बिषयबस्तु नछुटाईदिन आग्रह गरे । पाण्डे कम्युनिष्ट आन्दोलनका क्रममा २०३६ सालमा छिन्ताङ हत्याकाण्डका परिवारलाई भेट्ने क्रममा धनकुटा आएकी हुन ।