२१ जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025

Radio Khabar Palika

अन्तरमावि स्तरीय नृत्य प्रतियोगितामा धनकुटा बोर्डिङ प्रथम



बैशाख ३ धनकुटा । धनकुटामा भएको अन्तर माद्यमिक विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगितमा धनकुटा इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल प्रथम भएको छ । धनकुटामा जारी चौथौ औद्योगकि प्रदर्शशनी तथा धनकुटा पर्यटन महोत्सवको अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले धनकुटाको तल्लो टुडखिेलमा आयोजना गरेको अन्तर माध्यमकि वद्यिालय स्तरीय लोक साँस्कृतकि नृत्य प्रतयिोगतिामा याख्खा जातकिो संस्कृतमिा आधारति नृत्य प्रस्तुत गरेको धनकुटा इङलसि सेकेण्डरी बोर्डङि स्कूलले प्रथम स्थान प्राप्त गरेको हो । अन्तर माध्यमिक विद्यालय स्तरीय लोक साँस्कृतिक नृत्य प्रतियोगितामा तमोर भ्याली इङलिस सेकेण्डरी बोर्डिङ दोस्रो, दिप इङलिस सेकेण्डरी बोर्डिङ तेस्रो र बाल संसार इङलिस सेकेण्डरी बोर्डिङले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा धनकुटाका ६ वटा विद्यालयको सहभागीता रहेको थियो । पछिल्लो समय कला संस्कृति हराउँदै गएको र लोक नृत्य प्रति कमै मात्रा चासो गएका कारण लोक संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा कला, संस्कृति हस्तान्तरण होस भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको नेपाल घरेलु था साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिए । औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सवको बारे विद्यार्थीहरुलाई थोरै मात्रमा भएपनि जानकारी दिने उदेश्यले पनि लोकनृत्य प्रतियोगिताको आयोजना गरीएको उनले बताए । प्रतियोगिताका विजेतालाई महोत्सव समापन अर्थात जेठ ५ गते पुरस्कार वितरण गरीने आयोजकले जनाएको छ । प्रतियोगिताको निर्णयकमा प्रविण भुजेल र सुरेश राई रहेको थिए ।