२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

Radio Khabar Palika

बाहुन कुलोको स्तरउन्नती गरियो



विनोद भण्डारी

चैत्र २७ ,चौबिसे । धनकुटाको चौबिसे गाउँपालिका वडा नं।४ स्थित फलामेटारमा रहेको जिल्लाकै पुरानो कुलो मध्ये एक बाहुन कुलोको स्तरउन्नती गरिएको छ । उक्त सिंचाइ कुलो जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यलय धनकुटा को योजना अन्र्तगत करिव २० लाख पैयाँको लागतमा कुलोको अफ्ठ्यो क्षेक्षमा पक्की कुलो निर्माणको काम सम्पन्नसम्पन्न भएको हो ।छरुवा खोलाबाट फलामेटार सम्मको ३ हजार ५ सय मिटर मध्ये ३ सय ६० मिटर पक्की कुलो बनाउने काम पुरा भएको उपभोक्ता समितिका अध्यक्ष रोशन भण्डारीले जानकारी दिनुभयो ।पक्की कुलो निमार्ण संगै वडा नं ४ फलामेटारका ५० घरपरिवारका करिव स्थित करिब ४ सय रोपनी क्षेत्रफल सिंचाइ पुगेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।लामो दुरी भएको बर्षात्को समयमा कुलोमा पानी चलाउन निक्कै समस्या हुने गरेकोले अफ्ट्यारो ठाउंमा पक्कि कुलो निर्माण भए पछि अब धान रोप्ने समयमा पानीको अभाव नहुने भण्डारीले बताउनुभयो ।फलामेटार संगै यस क्षेत्रका सदामटार,हंसमोरङ्ग र डिहिटार चौबिसे गाउपालिकाको प्रमुख धान र अन्य खाध्यान्न उत्पादन गर्ने प्रमुख क्षेत्र हुन ।९प्रशिक्षार्थी पत्रकार०