
धनकुटा २२ बैशाख । धनकुटामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । धरानबाट धनकुटा हुँदै भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस आज बिहान औधोगिक ग्रामको गोलाइ नजीक दुर्घटनामा परेको थियो । उक्त घटनामा परि गम्भीर घाइते भएकी धनकुटा नगरपालिका ६ कि ७३ बर्सिया कृष्णकुमारी भूजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियोे । सोही घटनामा घाइते भएका बस चालक सुनसरीको धरान उपमहानगरपालिका १३ का ५१ बर्सिय रुद्र तामाङको समेत उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।