
बैशाख १६,चौविसे । धनकुटाको चौविसे गाउँपालिकाको वडा नं ३ मा रहेको तमोर पर्मा कल्चरको सिकाई थलोबाट सिकेर यस क्षेत्रका स्थानीयहरुले फलफुल खेतीबाट आमदानी लिनथालेका छन् ।पानीको अभाव भएको अति सुख्खा ग्रस्त यस क्षेत्रमा थलोले लटरम्म फलफुल फलाएर बेचेको देखेपछि स्थानीयहरुले पनि खेती तर्फ आकर्षित भएको सिकाई थलोका अध्यक्ष लोकेन्द्र याखाले जानकारी दिए। बिगत मा यस सस्थाबाट बाडेको स्याउका बिरुवाबाट स्थानीयहरुले प्रति बोट १२ देखि १५ हजार सम्म आम्दानी गरिरहेको याखाले जानकारी दिए । सिकाई थलोले किसानहरुलाई बिना बिसादी आर्गानिक खेती गर्न र ब्यवसायिक तथा आर्थिक लाभ लिन सिकाउदै आएको याखाले जानकारी दिए । सिकाई थलोका कार्यक्रम संयोजनक निरज याखाले सिकाई थलोबाट अहिले ४२ प्रजातिका बिरुवाहरु बेचबिखन गरिरहेको जानकारी दिए । जसमा स्याउ कागती,प्लम,मेकाडेनिया नट,आरु,ओखर एभोकाडोका स्वस्थ्य बिरुवा बिरुवाहरु पाइने उनले बताए । खेतीका लागि सिकाई थलोले हाल सम्म एक सय भन्दा माथि स्थानीय कृषकहरूलाई प्लाष्टिक पोखरी निर्माण , टनेल निर्माण, बायोईन्टेन्सिभ बेड निर्माण, विरुवा कलमी , विरुवा काटछाँट को तालिम दिएको याखाले बताए। सिकाई थलोबाट स्थानीयहरु फलफुल खेती तर्फ आकर्षित हुनुका सार्थै संस्थाले फलफुल बिक्री तथा बिरुवा बेचबिखनबाट यस बर्ष आफैले पनि १४ लाख बराबरको आम्दानी गरेको थलोका लेखा प्रमुख सोमा सुब्वाले बताए । स्थानिय गोबिन्द तामाङले तमोर पर्माकल्चर सिकाइ थलोले गाउँमा नयाँ मुहार फेरेको जानकारी दिंदै गाउँबासी खुसी रहेको बताए । सिकाई थलो सञ्चालन पछि हाल सम्पूर्ण बन्दुके डाँडा गाउँबासी फलफुल खेतीमा आंशिक तथा ब्यबसायीक रुपमा आवद्ध रहेको संस्थाका कार्यकारी निर्देशक भोज कुमार काफ्लेले जानकारी दिए ।बि.सं.२०७३ सालमा भारतिय मुलका अमेरिकी नागरिक राजिव गोयलको पहलमा अमेरिकामा रहेको के.टि.के. बेल्ट संस्था यस सिकाई थलोको स्थापना गरेको थियो । –
प्रशिक्षार्थी पत्रकार