३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

Radio Khabar Palika

राजारानीमा पशु अस्पताल बन्दै



देब थाखा

बैशाख ८,चौबिसे । पशुपालक किसानहरुलाई सेवा दिने उदेश्यले धनकुटाको चौबिसे गाउँपालिकाको सदुमुकाम राजारानीमा पशु अस्पताल भेटेरेनरी बन्ने भएकोछ ।
कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालय र गाउँपालिकाको लागत साझेदारीमा पालिकाको वडा नं।६ स्थित पालिका भवनको समिपमा अस्पताल बन्न लागेको हो । मन्त्रालयको ५० लाख र पालिकाको २१ लाख लागतमा अस्पतालको निर्माण गर्न लागिएको पालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिए। यसै चालु आर्थिक बर्षमा योजना सम्पन्न गर्नेगरी अस्पताल भवन निर्माणका लागि पाँचथरको तुम्याहाङ निर्माण सेवा कम्पनी संग सम्झौता गरिसकेको पनि चेम्जोङले जानकारी दिए । ब्यबसायीक पशुपालनलाई टेवा पुयाउन र पशुपालक कृषकहरुका पशुपन्छिहरुको उपचारमा सहयोग गर्ने उदेश्यले अस्पतालको निर्माण गर्न लागिएको उनकाे भनाइ छ । अस्पताल निर्माण पुरा भएपछि अस्पतालबाट पशु स्वास्थ्य परामर्श सेवा,औषधी तथा उपचार सेवा दिईने पालिकाका पशु शाखा प्रमुख देव नारायण श्रेष्ठले जानकारी दिउ।

प्रशिक्षार्थी पत्रकार
तस्वीर ः अस्पताल निर्माण हुने स्थल