४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

Radio Khabar Palika

जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता चाैविसेमा शुरु




देव याखा
चैत २७,धनकुटा । धनकुटाकाे चाैबिसे गाउँपालिका स्थित राजारानीमा आजवाट १५ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु भएकाे छ ।

गाउँपालिकाकाे व्यवस्थापनमा जिल्ला खेलकुद विकास समितिले पुण्य माध्यमिक विद्यालयकाे खेल मैदानमा प्रतियाेगिता आयाेजना गरेकाे हाे ।

प्रतियोगिताको पूर्व खानेपानी मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बेलुन उडाएर प्रतियाेगिता उद्घाटन गर्नुभएको थियो ।

प्रतियाेगिता उद्घाटन गर्दै सांसद राईले शारिरिक स्वास्थ्य र मानसिक स्वास्थ्यको लागि खेलकुद अपरिहाॠ रहेको बताउनु भयो ।

चाैबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले प्रतियोगिता सफलताको सुभकामना दिनुभयो ।

दुई दिनसम्म चल्ने प्रतियाेगितामा जिल्लाका सात वटै पालिकावाट करिव पाँच सय खेलाडि सहभागी रहेको खेलकुद विकास समितिका अध्यक्ष मनाेज राईलाईले जानकारी दिनुभयो ।

प्रतियाेगितामा ६६ स्वर्ण, ६६ रजत र १३८ कास्य पदकका लागि विद्यार्थीहरुबीच प्रतिष्पर्धा हुने आयाेजकले जनाएकाे छ । (प्रशिक्षार्थी पत्रकार )