१७ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025

Radio Khabar Palika

चैत्र १७ गते देखि सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगीता हुने



१५ चैत्र,धनकुटा । चैत्र १७ गते देखि पुर्वी पहाडको प्रतिष्ठित सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औ संस्करण सञ्चालन हुने भएको छ । गोल्डकप आयोजक समितिले आज पत्रकार सम्मेलन गर्दै चैत्र १७ देखि २३ गतेसम्म धनकुटाको तल्लो टुडिखेलमा प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।

प्रतियोगितामा ए डिभिजन क्बल सहित देशका बिभिन्न स्थानका ८ क्लवले सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र उप विजेताले २ लाख ५० हजार पाउने गोल्डकप आयोजक समितिका संयोजक सम्भु प्रधानले जानकारी दिए ।

प्रत्येक खेलमा म्यान अफ दी म्याच र विधागत उत्कृष्ट पुरस्कार समेत रहेको उनले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि ३६ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि १० वटा उपसमिति समेत निर्माण गरेको प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए । प्रतियोगितामा आयोजक टिम सहित नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, चित्लाङ फुटबल क्लब काठमाण्डौ,विर्तामोड युनाइटेड क्लव झापा,ब्वाईज फुुटवल क्लब इटहरी सुनसरी,गाईघाट फुटवल क्लब उदयपुर,एपीएफ काठमाण्डौ र बेलकारी फुटबल क्लब मोरङ गरि आठ टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ २०५५ सालमा सुरु भएको यो प्रतियोगिताको यो १७ औ सस्करण हो । शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै संविधान सभा सदस्य तथा सहिदपुत्र मनोहरनारायण श्रेष्ठले यो प्रतीयोगीता धनकुटाको प्रतिष्ठासग जोडीएको हुदा सबैले यसलाई सफल पार्न लाग्नुपर्ने बताए ।