१७ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025

Radio Khabar Palika

प्रादेशिक प्रशारण कार्यालय धनकुटामा सप्ताव्यापी हीरक महोत्सव सुरु



१४ चैत्र, धनकुटा । सार्वजनिक सेवा प्रशारण, रेडियो नेपाल स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसरमा सप्ताहव्यापी रुपमा हीरक महोत्सव मनाउने केन्द्रको परिपत्र अनुसार प्रादेशिक प्रशारण केन्द्र धनकुटामा आजदेखि सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ ।
बिहिबार बिहान रेडियो नेपाल धनकुटा परिषरमा एक कार्यक्रमकाबीच सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास र रेडियो नेपाल, प्रादेशिक प्रशारण केन्द्र धनकुटाका निमित्त कार्यालय प्रमुख तिलबिक्रम चेम्जोङले कार्यक्रमको समुद्घाटन गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रेडियो मार्फत् रेडियो नेपाल, धनकुटाले सूचना–सञ्चार प्रवाहमा पु¥याएको योगदान, सार्वजनिक सेवा प्रशारणको मर्म अनुसार प्रशारण सेवालाई थप प्रभावकारी बनाउने शन्र्दमा कार्यक्रम प्रशारण गरिने, रेडियो नेपाल धनकुटाका कर्मचारीबिच मनोरञ्जनात्मक खेलकुदका कार्यक्रम सञ्चालन गरिने साथै चैत २० गते जिल्लासिथत सरोकारवालाहरुको उपस्थितिमा शुभकामना आदान–प्रदान एवम् अन्तरक्रियात्मक कार्यक्रम गरिने निमित्त कार्यालय प्रमुख चेम्जोङले बताए ।
प्रादेशिक प्रशारण कार्यालयका कर्मचारीबिचको आन्तरिक व्याडमिन्टन प्रतियोगिता आजदेखि सुरु भएको कार्यालयका प्रशासन अधिकृत ब्रहमलाल हजारीले बताए ।
वि.सं.२००७ साल चैत २० गते स्थापना भएको रेडियो नेपालले वि.सं.२०५० चैत २० गतेदेखि धनकुटाबाट क्षेत्रिय प्रशारण सेवा आरम्भ गरेको थियो । हालः प्रादेशिक प्रशारण कार्यालयको रुपमा रहेको धनकुटाबाट हरेक दिन २ः१५ बजेदेखि साँझ ६ः०० बजेसम्म नेपालीसँगै लिम्बू र राई वान्तावा भाषामा समाचार साथै कार्यक्रम प्रशारण गर्दै आएको निमित्त कार्यालय प्रमुख चेम्जोङले बताए ।