
१४ चैत्र धनकुटा । धनकुटा सिटी जेसीजले मदन पुरस्कार विजेता तथा प्रेरणादायी स्रष्टा झमक घिमिरेलाई विशेष सम्मान पत्रसहित नगद प्रदान गरेको छ। नेपाली साहित्यमा उनले पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै सिटी जेसीजद्वारा घिमिरेलाई सम्मान गरको हो । धनकुटा सिटी जेसीजका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झमक घिमिरेको संघर्ष, सिर्जनशीलता, र समाज परिवर्तनमा उनको प्रभावबारे विशेष चर्चा गरिएको थियो।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुमित्रा भट्टराई ,अध्यक्ष दिनेश भण्डारीले झमक घिमिरेजस्ता संघर्षशील व्यक्तित्वहरूको योगदान समाजका लागि प्रेरणादायी रहेको उल्लेख गरे । सकारात्मक सोच, समावेशिता, र सिर्जनात्मकताको प्रवर्द्धनमा यस्ता सम्मानहरूले महत्वपूर्ण भूमिका खेल्ने तथा
झमक घिमिरेको योगदानलाई थप उजागर गर्ने विश्वास गरिएको धनकुटा सिटी जेसीजका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए ।शारिरिक अशक्तताका कारण घिमिरेले गोडाको औंलाको सहायतामा कलम चलाएर साहित्य सृजना गर्दै दर्जनौ कृति प्रकाशित छन् ।घिमिरे पछिल्लो समय स्वास्थ्यमा समस्या भइ उपचारका क्रममा रहेकी छिन् । घिमिरेले ‘जीवन का“डाकी फूल’ नामको कृतिका लागि मदन पुरस्कार प्राप्त गरेकी थिइन् ।