१९ चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

Radio Khabar Palika

भ्रम फैलाउनेहरुलाई नियन्त्रण गर्न आमसंचार माध्यमले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्नेः शंकर पोखरेल



९ चैत्र,विराटनगर । भ्रम फैलाउनेहरुलाई नियन्त्रण गर्न आमसंचार माध्यमले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने नेकपा एमालेका महासचिव शंकर पोखरेललले बताएका छन ।आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले पुनः लोकतन्त्र मासिए सबैभन्दा बढी प्रहार र दुख संचारमाध्यमले भोग्नुपर्ने बताउदै तथ्यमा आधारित भएर सामाजिक संजालमा भईरहेको प्रविधिको दुरुपयोग नियन्त्रण गर्नुपर्ने बताए ।

उनले कुनै पनि हालतमा राजतन्त्र व्युत्याउन सम्भव नभएको स्पष्ट पार्दै गणतान्त्रिक सोच भएका जनताले कदापी नस्विकार्ने दावि गरे । महासचिव पोखरेलले पछिल्लो समय जनतामा देखिएको निराशा अन्त्य गर्न छलफल गरिनुपर्ने धारणा पनि राखे । राजनैतिक स्थिरताका लागि दुई ठुला दल मिलेको बताउदै राजनैतिक स्थायित्वका लागि राजनैतिक स्थिरता आवश्यक भएको र राजनैतिक स्थिरताका लागि राजनैतिक धु्रविकरण आवश्यक रहेको उनको भनाई थियो । तीन दिन सम्म आयोजना हुने सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । महाधिवेशनमा करिब ९ सय प्रतिनिधिहरु सहभागि भएको आयोजकले जनाएको छ । महाधिवेशन उद्घाटन कार्यक्रममा प्रेस चौतारी नेपालले स्थापना गरेको विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो । सो क्रममा ५१ हजार राशीको हृदयचन्द्र सिंह प्रधान स्मृति पुरस्कार मातृका पौडेललाई प्रदान गरिएको थियो ।