१९ चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

Radio Khabar Palika

गणतन्त्रले दिनुपर्ने सुशासन नदिँदा विरोध भयो ः पूर्वमहामन्त्री अर्जुनसिंह केसी



८ चैत, धनकुटा । गणतन्त्रले गर्नुपर्ने सुशासन कायम गर्न नसक्दा यसको विरोध भएको नेपाली कांग्रेसका पूर्वमहामन्त्री अर्जुनसिंह केसीले बताएका छन् । नेपाली कांग्रेश कोशी प्रदेश प्रशिक्षण विभागले शुक्रबार धनकुटामा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता केसीले यसतो बताएका हुन । मुलुकमा अहिले भएको गणतन्त्रप्रतिको निराशाको समाधान कांग्रेशले मात्रै गर्न सक्ने दावि गरे ।

देशमा अफ्ठ्यारो परेको बेला कांग्रेशले संकट मोचनको काम गरेको भन्दै नेता केसीले देशमा भएका हरेक परिवर्तन कांग्रेशको नेतृत्वमा भएकाले अहिलेको समस्याको समाधान कांग्रेशले गर्ने बताएका हुन। पूर्व मन्त्रीसमेत भईसकेका उनले कांग्रेशभित्र पात्र नभइ प्रवृत्ति गलत रहेको बताएका छन । सबै नेता कार्यकर्तामा प्रवृत्ति सुधार हुन आवश्यक रहेकोे भनाई थियो । केसीले कांग्रेश भित्र भएको यदुवंशी प्रवृत्ति अन्त्य हुन आवश्यक रहेको बताए। उनले कांग्रेशको महाधिवेशनमा आफू पनि आकांक्षी रहेको बताउँदै बेला आएपछि सबै बताउने बताए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्मा, संविधानसभा सदस्य पुष्प भुसाल ,पूर्वनेता रमेशजंग रायमाझीले प्रशिक्षण दिएका छन् ।