
३, फागुन २०८१, धनकुटा । धनकुटामा ‘चियासंगै कविता’ कार्यक्रम थालनी भएको छ । जिल्लाका साहित्यिक स्रष्टाहरुको प्रयासमा हरेक शुक्रवार उक्त कार्यक्रम आयोजना गरिने जनाईएको छ ।
पहिलो बसाइ प्रणय दिवसको सन्दर्भबाट थालनी गरिएको संयोजक गोपाल बराइलीले बताए । उक्त अवसरमा प्रेम, जीवन, दर्शन, सामाजिक परिवेशका भाव समेटिएका कविता वाचन गरिएका थिए । कवि घनश्याम बराल औलाली, रमेशचन्द्र अधिकारी, भीम राई, बद्रीनाथ अधिकारी, निर्मला कु“वर, गोपाल बराइली लगायतले कविता वाचन गरेका थिए ।
यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विदुर खवास, अग्रज पत्रकार सञ्जयसन्तोषी राई, अभिभावक संघका केन्द्रीय उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ, झापाका स्रष्टा बुद्धिमान तामाङ लगायतले समेत धारणा राखेका थिए । जिल्लामा साहित्यिक गतिविधि न्युन भइरहेको अवस्था हरेक शुक्रबार चियासंगै कविता प्रभावकारी हुने सहभागीहरुले बताए ।