७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

Radio Khabar Palika

जिल्ला अस्पताल धनकुटाको सेवा विस्तारबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न



२४ माघ २०८१,धनकुटा । धनकुटा जिल्ला अस्पतालको सेवा विस्तार तथा सुदृढीकरणका विषयमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न थप सेवा विस्तार र भौतिक संरचना सुधारका विषयमा सरोकारवालाबीच विस्तृत छलफल गरिएको हो । कार्यक्रममा प्रदेश सांसद निरन राई र इन्द्रमणी पराजुलीले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको हुदाँ धनकुटा अस्पतालको स्तरोन्नति गर्न सबै लाग्नु पर्नेमा जोड दिए । अस्पतालमा विशेषज्ञ सेवा, अत्याधुनिक सर्जिकल सुविधा लगायतका सेवाहरू विस्तार गर्न आवश्यक रहेको बताउदै मेडिकल सुपरीडेन्डेन डा.सन्तोष राईले सबैलाई सहयोग गर्न आग्रह गरे । कार्यक्रममा सरोकारवालहरुले अस्पतालको सेवा सुधारका लागि विशेषज्ञ सेवा विस्तार, सघन उपचार कक्ष स्थापना, मातृ तथा शिशु स्वास्थ्य सेवा सुधार, अत्याधुनिक सर्जिकल सुविधा थप्ने, आकस्मिक सेवा प्रभावकारी बनाउने तथा बिरामीका लागि सहुलियत सेवा उपलब्ध गराउने जस्ता विषयमा सुझाव दिएका थिए । कार्यक्रममा उठाइएका विषयहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न अस्पताल व्यवस्थापनले प्रतिबद्धता जनाएको छ । साथै, स्थानीय सरकार, प्रदेश सरकार र अन्य साझेदार संस्थाहरूको सहकार्यमा अस्पताललाई अझ स्तरीय सेवा प्रदान गर्नेमा सबै प्रतिबद्ध भएको अस्पताल विकास समितीका अध्यक्ष निरेन तामाङले जानकारी दिए । अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद निरन राई, इन्द्रमणि पराजुली, राजनितिक दलका प्रतिनिधीहरु,स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, अस्पतालका पूर्व अध्यक्षहरू, उद्योगी, व्यापारी, पत्रकार र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।