२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025

Radio Khabar Palika

धनकुटामा मौलिक संगित महोत्सव आयोजना हुने



धनकुटामा मौलिक संगित महोत्सव आयोजना हुने

६ फागुन २०८१,धनकुटा । धनकुटामा मौलिक संगीतको प्रवद्र्धन गर्ने उद्देश्यले फागुन ७ गते विशेष सांगीतिक कार्यक्रम ‘नोकभर डे’ आयोजना हुने भएको छ ।
बौद्धिक विकास समिति र आरोहा ब्यान्ड धनकुटाको संयुक्त आयोजनामा हुन लागेको यो सांगीतिक कार्यक्रमले स्थानीय तथा उदाउँदा संगीतकर्मीहरूलाई मञ्च प्रदान गर्दै नेपाली मौलिक संगीतको प्रवद्र्धन गर्ने लक्ष्य राखेको आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । संगीतले कुनै पनि समाजको सांस्कृतिक पहिचान बोकेको हुन्छ आयोजक समितिका संयोजक सिरज जोशीले भने “ विशेष गरी आधुनिक डिजिटल युगमा मौलिक संगीतको संरक्षण र प्रवद्र्धनको आवश्यकता झन् बढ्दै गएको छ । यही परिप्रेक्ष्यमा ‘नोकभर डे’ स्थानीय स्तरमा मौलिक सांगीतिक गतिविधिहरूलाई प्रोत्साहन गर्दै नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्न आयोजित गरिएको हो ।”


आयोजकका अनुसार ‘नोकभर डे’ अन्य व्यावसायिक सांगीतिक कार्यक्रममा जस्तो मात्र मनोरञ्जन केन्द्रित नभई, संगीतलाई मौलिक ,स्वच्छ, सकारात्मक, र प्रेरणादायी माध्यमको रूपमा स्थापित गर्ने अभियान स्वरूप ल्याइएको हो । यो कार्यक्रमले मौलिक संगीतको प्रवद्र्धन गरि नेपाली मौलिक धुन, लय, र सिर्जनात्मक प्रस्तुतिहरूलाई प्राथमिकता दिने संयोजक जोशीले बताए । स्थानीय तथा उदाउँदा धनकुटा तथा धनकुटा आसपासका प्रतिभाशाली संगीतकर्मीहरूलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर यो कार्यक्रमले प्रदान गर्ने उनले बताए । रक्सी तथा लागू पदार्थ दुरव्याशनी विरुद्धको सचेतना गर्ने उद्येश्यले पनि यो कार्यक्रम आयोजना गरिएको आरोहा व्याण्डका पृतम श्रेष्ठले जानकारी दिए । कार्यक्रमलाई थप आकर्षक बनाउन विभिन्न चर्चित तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति रहने उनले बताए । कार्यक्रममा लक्ष्य, आरोहा, चुम्बक, विभिन्न जेरम, र स्काई एडी ब्याण्डको प्रस्तुती रहने उनले जानकारी दिए । धनकुटा पूर्वी नेपालकै सांस्कृतिक तथा पर्यटन क्षेत्रका रूपमा प्रसिद्ध रहेको भन्दै संगितप्रेमी रीदम श्रेष्ठले यस्तो सांगीतिक कार्यक्रमले यस क्षेत्रको सांगीतिक तथा सांस्कृतिक गतिविधिलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । उनले स्थानीय कलाकारहरूको क्षमता उजागर गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने अवसर सिर्जना यस्ता कार्यक्रमले सृर्जन गर्ने बताए । नोकभर डे कार्यक्रमप्रति सबै धनकुटावासी तथा अन्य संगीतप्रेमीहरूको साथ र सपोट हुने भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा धनकुटा नगरपालिका वडा नं ६ का अध्यक्ष मिलन कुमार खड्गीले जोड दिए । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासले धनकुटामा आयोजना हुने ‘नोकभर डे’ ले मौलिक संगीत प्रवद्र्धन, सांगीतिक पर्यटन विकास, तथा युवा पुस्तालाई स्वच्छ मनोरञ्जन प्रदान गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्थानीय स्तरबाट सुरु भए पनि यस कार्यक्रमले दीर्घकालीन रूपमा नेपाली संगीत क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले मौलिक संगीत प्रवद्र्धन र स्वच्छ सांगीतिक माहोलको सुनिश्चितता हुने यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिए । कार्यक्रम फागुन ७ गते दिउसो १ बजे देखि शुरु हुने आयोजकले जानकारी दिएको छ ।