
१३ माघ, धनकुटा । साँगुरीगढी गाउँपालिकाको भेडेटारमा लागुपदार्थ दुव्र्यसनी सम्बन्धी सचेतनामुलक सडक नाटक तथा बृत्तचित्र प्रद्धशन गरिएको छ ।
अविको मिडिया हब प्रा.ली. धनकुटाको आयोजना तथा श्री अरुणोदय माध्यमिक विद्यालय सालघारीको संयोजनमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । समाजमा हुने गरेका लागुपदार्थ दुब्र्यसनीका तिता घटना नाटकमा प्रस्तुत गर्दै दुब्र्यसनी मुक्त समाजको परिकल्पना गर्ने उद्धेश्यले सञ्चालन गरिएको नाटक बिद्यालयका विद्यार्थीहरुको आन्तरिक प्रतिभाको प्रस्फुटन गराउन अतिनै प्रभावकारी भएको जनाइएको छ ।
धनकुटाको पर्यटकीय क्षेत्र भेडेटार बजारमा आन्तरीक तथा बाह्य पर्यटकहरुको चहलपहल बढि हुने र उक्त क्षेत्रको सडक हुदै विशेष गरी लागुऔषध ओसार पसार र दुव्र्यसनीमा फसेका व्यक्ती नियन्त्रणमा लिने र छाड्ने काम बढिरहेको अवस्थालाई मध्यनजगर गर्दै सचेतनामुलक दुव्र्यसनीसँग सम्बन्धित उक्त नाटक भेडेटार बजारमा मञ्चन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले आन्तरीक पर्यटकले पनि नाटक हेरेर सन्देश लिएको, नाटकमा भाईबहिनीहरुको अभिनय प्रस्तुतिकरण जिवन्त रहेकोे, अभिभावक सहि नहुदा पढ्दै गरेको सन्तान परिवारको साथ नपाउँदा राम्रो गाईडेन्स नपाउँदा बालबालिका कुलतमा फस्ने र विग्रन्छन भन्ने सन्देश यस नाटकले दिएको बताए । उनले आगामी दिनमा यिनै कलाकारको तर्फबाट हाम्रो देशलाई पहिचान दिलाउन सकिने हुदा उनीहरुलाई हौसला बढाउनुपर्ने बताए । समाज परिवर्तन गर्नकालागि हामीले आफ्नो घरबाटै सुधार गरेर ल्याउनु पर्छ, घरबाट समाज, समाजबाट वडा, वडाबाट पालिका पालिकाबाट जिल्ला र जिल्लाबाट समग्र देश नै दुव्र्यसनि मुक्त वनाउन सकिने उनको धारणा थियो ।
अरुणोदय बिद्यालयका सहायक प्रधानाध्यापक ध्रुबराज पौडेल र विद्यार्थीहरुको अभिनय तथा कलाकारीताको क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको छ । सहायक प्रधानाध्यापक पौडेलको मिहेनत, परिश्रम र लगानीले गर्दा बिद्यार्थीहरु देशको जुनसुकै ठाउँमा गएर आफ्नो प्रतिभा देखाउन सक्ने भएका छन । यस नाटकमा विस्तारै मानिस कसरी लागुपदार्थको दुव्र्यसनीमा फस्छ, त्यसबाट ओभरकम उ कसरी आउँछ, अन्त्यमा मृत्यु वा कोहि घट्ना लिएर आउँछ, लागुपदार्थका कारणले अवैध प्रकारले एउटा बच्चा जन्मन्छ, अर्को कम अल्पआयु मै मृत्यु हुन्छ । नेपाली सेनाको भीमदल गणको सौजन्य कलाकारहरुको पोसाक परिवर्तन गर्ने आर्गनिक खरले बनेको घर हेर्दा आकर्षक र ऐतिहासिकता झलकन्थ्यिोे । साँगुरीगढी गाउँपालिका, डिभिजन वन कार्यालय, होटल एसोसिएशन भेडेटार, अरुणोदय मा.वि.सालघारी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धनकुटाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बिद्यालयका शिक्षक टेकबहादुर सुन्दासले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोख्रेल, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक श्यामसिंह चौधरी, नम्वर ६ शसस्त्र प्रहरी वल छिन्ताङ गुल्मका प्रमुख मदन नाथ, राष्ट्रिय अनुसन्धान अधिकृत प्रमुख रुद्र गुर्माछाने, होटल एशोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बु, बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष मानबहादुर मिश्र, कलाकर, विभिन्न बिद्यालयका विद्यार्थी, शिक्षकहरुको उपस्थिति रहेका अबिको मिडिया हब प्रालिका अध्यक्ष केकील भण्डारीले जानकारी दिईन ।