७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

Radio Khabar Palika

किसान महासंघको धनकुटामा अन्र्तक्रियामा कार्यक्रम



      किसान महासंघको धनकुटामा अन्र्तक्रियामा कार्यक्रम

११ माघ,धनकुटा । नेपाल किसान महासंघ धनकुटाको आयोजनामा विहिबार धनकुटामा समसामयिक विषयमा अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिल कुमार डंगोलले नेपाली कांग्रेसलाई बलियो बनाउन सवै एकजुट भएर अगाडी बढ्नु पर्ने बताए। नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य आनन्द सन्तोषी राईले गाँउ गाँउ सम्म किसान महासंघले अभियान संचालन गर्नु पर्नेमा जोड दिए। त्यस्तै नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले कांग्रेसमा पुस्तान्तरण संर्गै रुपान्तरण हुनु पर्नेमा जोड दिए । जिल्ला सहसचिव रोशन श्रेष्ठे नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महत लगायत विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरुले किसान महासंघलाई अझ सक्रिय बनाउनु पर्ने
जोड दिए । नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिल कुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भातृ तथा सुभेच्छुक संघ सस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको नेपाल प्रेस युनिययन धनकुटाका अध्यक्ष विनोद घिमिरेले जानकारी दिए ।