७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

Radio Khabar Palika

नेपाल निर्माण व्यवसायी संघ धनकुटाले १४ बुँदे माग राख्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र



६ माघ ,धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाले व्यवसायीहरुका माग र समस्यालाई सम्वोधन गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र वुझाएको छ । नेपाल निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष प्रकाश थुलुङको नेतृत्वको टोलीले आइतवार धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र वुझाएको हो ।


निर्माण कार्य हुने सिजनमै सिमेन्ट उद्यमीहरुबाट विना ठोस् कारण नै खुलेआमा काटेलिङ एवम् कालोबजारी गरी सिमेन्ट साथै डण्डी लगायतका निर्माण सामाग्रीमा भइरहेको चर्को मुल्यवृद्धि, भुक्तानी अभाव, सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता राष्ट्र वैंकबाट निर्माण व्यवसायीहरुलाई ऋणमा दिइएको सुविधा कटौतीको विरोध तथा विगतका सहमति कार्यान्वयन निर्माण आयोग गठन सहित विधिन्न १४ वुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाइएको नेपाल निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष प्रकाश थुलुङले बताए । संघको जायज १४ वुँदे मागहरु पुरा गर्न आन्दोलनको विकल्प नभएको निचोड निकाल्दै आगामी माघ १५ गतेसम्म सरकारलाई अल्टिमेटम दिने र सो अवधिमा मागका विषयमा कुनै सुनुवाई नभए चरणवद्ध आन्दोलनका कार्यक्रमहरु संचालन गरिने अध्यक्ष प्रकाश थुलुङले जानकारी दिए।